काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले पहिला को प्रधानमन्त्री बन्ने भन्नेबार सल्लाह भइरहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले गठबन्धनकै नेतृत्वमा सरकार गठन हुने भन्दै प्रधानमन्त्रीका बारेमा सल्लाह भइरहेको बताएका हुन् । प्रचण्डले शान्तिपूर्ण र सफल रुपमा निर्वाचन सम्पन्न भएको र सपथ ग्रहण पनि उत्साहपूर्ण ढंगले भएकाले सरकारपनि त्यसैअनुरुप बन्ने र काम गर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘सरकार यही गठबन्धनको बन्छ । पहिले प्रधानमन्त्री को बन्ने भन्नेबारेमा हामी छलफल गर्दैछौँ ।’

त्यस्तै कांग्रेस नेता रामचन्द्र पौडेलले शक्ति बाँडफाँडको विषय टुंगिनै बाँकी रहेको बताए । गठबन्धनको बैठक बसेर सवै कुराको टुङ्गो लगाउने उनले बताए । पौडेलले अब आफू संसदमा धेरै केन्द्रित हुने जिकिर गरे ।