काठमाडौँ– छोटो समयमा नै लोकप्रियता पाएको विवेकशील साझाले प्रदेश नं ३ मा ३ जना सांसद पाउने भएको छ । प्रत्यक्षतर्फ प्रदेश र प्रतिनिधिसभामा एक सिट पनि नजितेको विवेकशील साझाले समानुपातिकमा भने प्रदेश नं ३ मा राम्रो मत पाएको छ ।


ADVERTISEMENT


निर्वाचन आयोगले शुक्रबार सार्वजनिक गरेको प्रदेश सभाको समानुपातिकतर्फ प्राप्त गरेको सिट अनुसार विवेकशील प्रदेश नं ३ मा ३ सिट पाएको हो ।


ADVERTISEMENT

# # #


प्रदेश नम्बर ३ मा विवेकशील चौथो स्थानमा आएको छ । पदेश सभाका लागि थ्रेसहोल्ड १.५ प्रतिशत कायम गरिएपनि विवेकशीलले ६ प्रतिशत भन्दा बढी मत ल्याएको छ । प्रदेश नं ३ मा एमालेले सबैभन्दा बढि १६ सिट पाएको छ । त्यस्तै कांग्रेसले १४, माओवादीले ८ पाएका छन् । यस्तै नेमकिपा, राप्रपा र राप्रपा प्रजातान्त्रिकले पनि एकएक सिट पाएको छ ।

समानुपातिकतर्फ सातै प्रदेशमा गरी कुल २२० सिटमध्ये एमालेले ७५ र कांग्रेसले ७२ सिट पाएका छन् । त्यस्तै माओवादीले ३५, संघीय समाजवादी फोरमले १३, राजपाले १२ सिट पाएको छ भने राप्रपा तथ विवेकशील पार्टीले तीनतीन सिट पाएका छन् । अन्य साना दलले एकएक सिट पाएका छन् ।