काठमाडौँ– एनआइसी एसिया बैंकले एकै पटक दुई अवार्ड हात पार्न सफल भएको छ । बैंकले वल्र्ड एचआरडी कंग्रेस, इम्प्लोएयर ब्रान्डिङ इन्सिच्युट र स्टार्स अफ द इन्डस्ट्री ग्रुपले संयुक्त रुपमा बेस्ट ब्रान्ड अवार्ड र बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड प्राप्त गरेको हो ।


ADVERTISEMENT


अर्थ राज्यमन्त्री उदयशम्शेर जबराले अवार्ड हस्तान्तरण गर्दै बैंकले जनहितमा काम गर्न अनुरोध गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बैंकिङ, बिमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोटेक्नोलोजी, कन्स्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीको सहभागिता थियो । कार्यक्रममा सहभागी कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनका आधारमा विजेताहरु छनौट गरिएको थियो ।

यसअघि बैंकले नेपालको वित्तीय क्षेत्रमा उत्कृष्ट सेवा पु¥याए बापत सन् २००७ र २०१३ मा लन्डनस्थित ‘द बैंकर फाइनान्सियल टाइम्स’ले प्रदान गर्ने ख्यातिप्राप्त ‘बैंक अफ द इयर’ अवार्ड प्राप्त गरिसकेको छ ।