काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेलुका ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्ने भएका छन् । निवर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले बुधवार बिहान बालुवाटार छोडेपछि उनी आजै बेलुका ५ बजे बालुवाटर सर्ने तयारीमा लागेको सचिवालय स्रोतले जानकारी दिएको हो ।


ADVERTISEMENT


स्रोतका अनुसार, प्रधानमन्त्री प्रचण्ड ज्योतिषीले जुराएको साइतमा बालुवाटार प्रवेश गर्न लागेका हुन् । ज्योतिष टिकाराम घिमिरेले उनलाई बालुवाटरमा सर्नका लागि आज बेलुका ५ बजेको उपयुक्त साइरत रहेको जानकारी दिएको बताइएको छ । हाल खुमलटारस्थित निजी निवासमै छन् ।


ADVERTISEMENT

# # #