काठमाडौं-संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्य राष्ट्रहरुले उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउन सर्वसम्मतिले मतदान गरेका छन् ।


ADVERTISEMENT


उत्तरको पछिल्ला आणविक गतिविधिलाई रोक्न कडा प्रतिबन्ध लगाउने विषयामा परिषद्मा भएको मतदानमा प्रतिबन्ध लगाउने पक्षमा शत–प्रतिशत (१५–०) मत खसेको थियो । उत्तर कोरियाको मुख्य व्यापारिक साझेदार चीन र रसियाले समेत नयाँ प्रतिवन्धको पक्षमा मतदान गरेका छन् ।


ADVERTISEMENT

# # #


अमेरिकाले प्रस्ताव गरेको प्रतिवन्ध सम्वन्धी मस्यौदामा उत्तर कोरियाको तेल आयात ९० प्रतिशतसम्म कटौती हुनुपर्ने लगायतका विषयहरु उल्लेख छन् ।

नयाँ प्रतिवन्धमा उत्तर कोरियाली नागरिकलाई २ वर्षभित्र स्वदेश फर्किसक्नुपर्ने, विदेशी मुद्राको कारोबारमा प्रतिबन्ध, उत्तर कोरियाले गर्ने मेसिनरी तथा बिद्युतीय सामग्री निर्यातमा प्रतिबन्ध लगाउने लगायत विषय समावेश गरिएका छन् । उत्तर कोरियामाथिको नयाँ प्रतिवन्धमा सहमति जुटेसंगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै विश्वले मृत्यु नभई शान्ति चाहेको प्रतिकृया दिएका छन् ।

उत्तर कोरियाले यसअघि नै अमेरिका, संयुक्त राष्ट्रसंघ र युरोपेली संघका दर्जनौं प्रतिबन्धहरु झेल्दै आएको छ । अमेरिकाले सन् २००८ यता विभिन्न चरणमा उत्तरविरुद्ध व्यक्तिगत तथा परमाणु कार्यक्रमसम्बन्धी कम्पनीहरुको सम्पत्ति रोक्का तथा प्योङयाङलाई सामान निर्यातमा प्रतिबन्ध लगाउँदै आएको छ ।

विश्व समुदायले एवं संयुक्त राष्ट्र संघले पटक–पटक उत्तर कोरियालाई परमाणु कार्यक्रम बन्द गर्न चेतावनी दिएपनि उसले भने एक पछि अर्को गर्दै परमाणु कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ ।