काठमाडौं-विश्व क्लब फुटबलमा दुई स्पेनिस ‘पावर हाउस’ बार्सिलोना र रियल म्याड्रिडबीच हुने भिडन्तको आफ्नै महत्व छ । विश्वभरका लाखौं फुटबलप्रेमीको ध्यान तान्न सफल यी दुई महारथीबीचको भिडन्तले स्पेनिस ला लिगामा त झनै ठूलो अर्थ राख्ने गर्छ । जारी सिजनको ला लिगा तालिकामा हालसम्मको अंकको जोड—घटाउलाई हेर्ने हो भने त यी दुई टोलीबीचको आगामी भिडन्त झनै रोचक हुने सहजै अनुमान गर्न सकिन्छ ।


ADVERTISEMENT


यस्तै परिवेशबीच शनिबार साँझ रियल म्याड्रिड र बार्सिलोना ‘एल क्लासिको’ भिडन्तका लागि मैदानमा ओर्लंदै छन् । रियल म्याड्रिडको मैदानमा खेलिने उक्त भिडन्तमा एकातिर घरेलु टोली आफ्नो चिर प्रतिद्वन्द्वीलाई पराजयको स्वाद चखाउँदै अंक दूरी घटाउने अभियानमा हुनेछ भने अर्कोतिर ‘लिग लिडर’ बार्सिलोना सिजनको मध्यतिर नै रियल म्याड्रिडसँग ठूलोअन्तरको अग्रता लिने प्रयासमा रहनेछ ।


ADVERTISEMENT

# # #


हालसम्म १६ खेल खेलेको अर्जेन्टिनी स्टार लियोनल मेसीको टोली बार्सिलोना ४२ अंकसहित तालिकाको पहिलो स्थानमा छ भने एक खेल कम खेलेको पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको टोली रियल म्याड्रिड ३१ अंकहित तालिकाको चौथो स्थानमा आसीन छ । हाल यी दुई टोलीको बीचमा दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ३६ र तेस्रो स्थानमा आसीन भ्यालेन्सियाको ३४ अंक छ । एट्लेटिको र भ्यालेन्सिया दुबैले १६÷१६ खेल खेलिसकेका छन् ।