काठमाडौं-सरकारले बाढीबाट बढी प्रभावित पूर्वका विभिन्न जिल्लाका किसानका लागि ३६ करोड रुपैयाँको राहत रकम निकासा गरेको छ ।


ADVERTISEMENT


प्रदेश १ र २ मा पर्ने ५ वटा जिल्लाका किसानका लागि सो रकम कृषि विकास मन्त्रालयले निकासा गरेको हो । क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका अनुसार मोरङका लागि ५ करोड ४२ लाख, झापाका लागि १२ करोड १५ लाख, सप्तरीका लागि ६ करोड ८ लाख, सिरहाका लागि ६ करोड २६ लाख तथा सुनसरीका लागि ५ करोड ४६ लाख रुपैयाँ निकासा भएको हो ।


ADVERTISEMENT

# # #


सम्बन्धित जिल्लाका कृषि विकास कार्यालयहरुले किसानलाई दिने सहयोग कार्यक्रम तय गर्ने र सोहीअनुसार राहत रकम खर्च गरिने जनाइएको छ ।

तरकारीका बीउ, माछाका भुरा वितरणदेखि सिंचाइ योनजा सञ्चालन गर्ने, प्रांगारिक मल उत्पादन र वितरण गर्नेलगायत कार्यक्रम सञ्चालन हुने निर्देशनालयले जनाएको छ ।

गत साउन अन्तिम साताको बाढीका कारण पूर्वी जिल्लामा ठूलो परिमाणमा कृषि बालीमा क्षति पुगेको थियो । भलबाढीका कारण धानलगायत अन्न उत्पादनमा समेत कमी आएको छ । यसैकारण सरकारले किसानलाई राहत रकम दिने निर्णय गरेको थियो ।