काठमाडौँ – आज देशभर गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाइँदैछ । तमु भन्नाले गुरुङ समुदाय भन्ने बुझिन्छ भने ‘ल्हो’ ले अर्थ वर्ष र ‘सार’ ले अर्थ फेरिनुलाई जनाउँछ । यसरी वर्ष फेरिने यो दिनलाई गुरुङ समुदायले धुमधामका साथ नयाँ वर्षको रुपमा मनाउँछन् ।


ADVERTISEMENT


‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ ।


ADVERTISEMENT

# # #


पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यसरी सरकारी तर्फबाट नै सार्वजनिक बिदा दिइनु र विभिन्न समुदाय विशेष पर्वहरु मनाइनुले देशको जातीय सद्भावलाई पनि झल्काएको पाइन्छ ।

यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको जनाइएको छ । कार्यक्रममा गुरुङ समुदायका मानिस परम्परागत एवं सांस्कृतिक वेशभूषामा सजिएर सहभागी हुन्छन् । कार्यक्रममा गुरुङ समुदायको परिकार विशेषको समेत प्रदर्शनी गरिने छ ।