काठमाडौँ– कम्बोडियाको एक क्यासिनोमा आगलागी हुँदा १९ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा नेपाली मुलका निराकार पाण्डे पनि रहेका छन् । झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय पाण्डेले क्यासिनोमा आगलागी भएपछि १२ औं तला माथिबाट हाम फालेर आफ्नो ज्यान गुमाएका हुन् ।


ADVERTISEMENT


पारिवारिक स्रोतका अनुसार, पाण्डेले हाम फाल्नुअघि आफ्नो परिवारसंग भिडियो कलमा बोलेको र त्यसपछि आफ्नो छोराको निम्ति एक भिडियो सन्देश बनाएका थिए । सो भिडियो नेपाली अनलाइन मिडिया सेतोपाटीले सार्वजनिक गरेको छ । भिडियोमा उनले आफ्ना छोरालाई राम्रो व्यक्ति बन्न प्रेरित गरेका छन् ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जालमा पोस्ट भएको आगलागीको भिडियोमा निराकारले हाल फाल्दै गर्दा कैद भएको दृश्य ।

पाण्डेका सहपाठी दिनेश सिलवालले उनको बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको पुष्टि भएको जानकारी दिएका छन् । यस्तै, उनले ज्यान गुमाउनुअघि परिवारदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई सम्पर्क समेत गरेको पाइएको छ ।

जसमा उनले एनआरएनएलाई आफ्नो शव सुरक्षित साथ परिवारसम्म पु¥याउन आग्रह गरेका थिए । एनआरएनए कम्बोडिया शाखाका स्रोतले आगलागी भएपछि पाण्डेले जानकारी गराएको जनाएको छ, भने एनआरएनएले  नआत्तिन भन्दै समन्वय गर्दा गर्दै उनले हाम फालेको बताइएको छ ।

स्थानीय समय अनुसार, क्यासिनोमा बिहीबार राति ११ बजेदेखि आगलागी सुरु भएको बीबीसीमा उल्लेख छ । बीबीसीका अनुसार, घटनास्थलमा रहेका शवहरु निकाल्ने क्रम जारी छ भने भने अझै दर्जनौ बेपत्ता छन् ।