काठमाडौँ – सुदूरपश्चिम प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् ।


ADVERTISEMENT


शुक्रबार प्रदेशसभा हलमा ज्येष्ठ सदस्यका हैसियतले अछाम निर्वाचन क्षेत्र नम्बर १ को (२) बाट निर्वाचित सांसद मानबहादुर रावलले अन्य ५२ जना सांसदहरुलाई शपथ गराएका हुन् ।


ADVERTISEMENT

# # #


त्यसअघि प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम प्रदेश प्रमुख देवराज जोशीले ज्येष्ठ सदस्य मानबहादुर रावललाई शपथ ग्रहण गराएका हुन् । सपथमा ६ जनाले मातृभाषामा सपथ लिएका थिए ।