काठमाडौँ – पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टारले काठमाडौँ नाईट्सलाई पराजित गर्दै बिजयी भएको छ ।


ADVERTISEMENT


किर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाडौँलाई ३५ रनले पराजित गर्दै बिजयी भएको हो । लुम्बिनीले दिएको एक सय ५१ रनको लक्ष्य काठमाडौँले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रनमा समेटियो । काठमाडौँका लागि अजमतुल्लाह उमरजाईले सर्वाधिक ३८ रनको योगदन दिए भने सुनाम गौतमले १८ रन बनाए । तेस्तै एलेक्स ब्लेकले ११ रन बनाए भने कमलसिंह ऐरीले अविजित १९ रन बनाए ।


ADVERTISEMENT

# # #


लुम्बिनीका लागि हरमित सिंहले तीन तथा किशोर महतो, श्याड्ली भान, तिलक भण्डारी र ह्यारी टेक्टरले समान एकरएक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५० रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले ४० रन जोडे भने लाहिरु मिलन्थाले २५ तथा स्याड्ली भानले २१ रन बनाए । कुशल भुर्तेलले १९ रन बनाए । अनिल शाह १३ रनमा आउट हुँदा हरमित सिंहले १२ बनाए । काठमाडौँका लागि अजमतुल्लाह उमरजाईले दुई तथा अभिनाश बोहोरा, एलेक्स ब्लेक, सुनाम गौतम र अनिल खरेलले समान एकरएक विकेट लिए ।

पाँच खेलमा अपराजित रहेको लुम्बिनीले १० अङ्क जोडेको छ । लुम्बिनी अङ्क तालिकाको शीर्षस्थानमा रहेको छ । चार खेलमा दुई जित हात पारेको काठमाडौँ चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ ।

आजै भएको अर्को खेलमा पोखरा एभेन्जर्सले फार वेस्ट युनाइटेडलाई तीन विकेटले पराजित गर्दै विजयी भएको छ । त्रिवि मैदानमा एक सय ८० रनको लक्ष्य पछाएको पोखराले १९ दशमलव तीन ओभरमा सात विकेट गुमाएर पूरा ग¥यो । पोखराको जितमा आसिफ शेखले सर्वाधिक ४५ रनको योगदान दिए भने कुशल मल्लले ४० तथा सुमित महर्जनले ३८ रन बनाए । त्यस्तै सिद्धान्त लोहनी २३ तथा अमिर हम्जा १२ रन बनाए ।

फार वेस्टका लागि उमर अलि, करण केसी र प्रकाश जैशीले समान दुई/दुई विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ८७ रन बनाएको थियोे । फार वेस्टका लागि उमर अलिले २२ रन बनाउँदा देव खनालले ३३ रन बनाए । रशिद खानले ३२ तथा हसिम अन्सारी र भिम सार्कीले १७/१७ रन जोडे । करण केसीले अविजित १२ रन बनाए ।

पोखराका लागि जाहिर खानले तीन तथा तुलबहादुर थापा र अमिर हम्जाले समान दुईरदुई विकेट लिए । कुशल मल्ल र आरिफ शेखले समान एकरएक विकेट लिए । पोखरा छ खेलमा दुई अङ्क जोड्दै अङ्क तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । पाँच खेल खेलको फार वेस्ट दुई अङ्कसहित अङ्क तालिकाको अन्तिम स्थानमा छ ।