काठमाडौँ – उदयपुरको बेलाका नगरपालिकामा संचालित लघुवित्त वित्तीय संस्थाहरुको खारेजीको माग गर्दै स्थानीयले आन्दोलन गरेका छन् । उनीहरुले आइतबार विभिन्न प्लेकार्ड बोकेर नाराजुलुस सहित नगरपालिका पुगेर ज्ञापन पत्र बुझाउदै लघुवित्त वित्तीय संस्थाहरुको खरेजीको माग राखेका हुन् ।


ADVERTISEMENT


प्रदर्शनमा सहभागीहरुले गलत ढंगबाट बचत गराउने गरेको र आफ्नै पैसा पुनः आफूहरुलाई नै च र्को रुपमा लगानी लगाएर ब्याज लिने गरेको आरोप लगाएका छन् । उनीहरुले आफुहरुलाई कर्जा चुक्ता गर्न नसके मर्न वा शरीर बेचेरै भएपनी कर्जा तिर्न धम्की दिने गरेकोले वाध्य भएर आन्दोलन गर्नु परेको बताएका छन् ।


ADVERTISEMENT

# # #


बेलका नगरपालिकाको विभिन्न वडाका साथै श्रीलंका टप्पु बासी महिला पुरुषले संयुक्त रुपमा संघर्ष समिति निर्माण गरि आन्दोलन सुरु गरेका छन् ।