विराटनगर – प्रदेश नं १ को दोस्रो प्रदेश सभाको प्रथम अधिवेशन आइतबारबाट सुरु भएको छ ।


ADVERTISEMENT


आइतबार बसेको पहिलो बैठकमा बैठक संचालन गर्न बनेको प्रस्ताव सर्वसम्मतले पारित भएको छ, प्रदेश सभा नियमावली, २०७४(पहिलो संशोधन समेत) लाई अङ्गिकार गरी बैठक संचालन गर्न प्रदेश सभा सदस्य भीम पराजुलीले पस्ताव पेश गरेका थिए ।


ADVERTISEMENT

# # #


बैठकमाप्रदेश नं १ प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७९ सर्वसम्मतिले पारित भएको छ ।

बैठकको शुरुमै ज्येष्ठ सदस्य एवं सभाध्यक्ष गयानन्द मण्डलले प्रदेश प्रमुखबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाएका थिए । प्रदेश सभाको अर्को बैठक पुस २५ गते दिनको १ बजे बोलाइएको छ ।