काठमाडौं-इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शुक्रबार आर्सनल र लिभरपुलको खेल ३-३ को बराबरीमा सकिएको छ । लिभरपुलले फिलिप कोउटिन्हो र मोहमद सलाहको गोलमा २-० को अग्रता लिएपनि आर्सनलले पुनरागमन गर्‍यो ।


ADVERTISEMENT


एलेक्सीस सान्चेज, ग्रानिट झाका र मेसुट ओजीलले आठ मिनेटको अन्तरमा ३ गोल गरेपछि आर्सनलले अग्रता लियो । रोबर्टो फिर्मीनोले ७१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।


ADVERTISEMENT

# # #


बराबरीसँगै लिभरपुल चौथो र आर्सनल पाँचौ स्थानमा यथावत छन् ।