काठमाडौँ – सत्ता साझेदार दलहरुले बिहिबारसम्म सरकारको साझा कार्यक्रमको मस्यौदा टुङ्गाउने तयारी गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलहरुको बैठकमा न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल भएको र बिहिबारसम्म मस्यौदाको टुङ्गो लाग्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा साथै सरकारको कामकारवाहीका विषयमा पनि छलफल भएको उनले बताए । उपप्रधानमन्त्री लामिछानेले सत्ता साझेदार दलहरुबीच मन्त्रालय फुटाउने विषयका कुनै छलफल नै नभएको र त्यस्तो सोच पनि नरहेको स्पष्ट पारे । उनले सरकारको साझा कार्यक्रम आइसकेपछि र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार हुने जानकारी दिए ।

त्यस्तै बैठकमा प्रदेश सरकार लगाएतका अन्य विषयमा प्याकेजमा नै सहमति खोज्ने गरी अनौपचारिक छलफल भएको लामिछानेले बताए ।