काठमाडौँ – राष्ट्रियसभाको रिक्त पदका लागि उपनिर्वाचन माघ २५ गते हुने भएको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


यसअघि निर्वाचन आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ गते गर्न परामर्श दिएको थियो । सोही अनुसार मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


संविधानअनुसार राष्ट्रियसभाका एक तिहाई सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिने व्यवस्था छ । सोही अनुसार माघ २५ को उपनिर्वाचनबाट राष्ट्रियसभामा एक तिहाई नयाँ सदस्य थपिनेछन् ।