काठमाडौँ – नेकपा एकीकृत समाजवादीले वाम एकताको पहलका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय तीनकुनेमा बिहीबार बसेको समाजवादीको सचिवालय बैठकले वाम एकताको पहलका लागि महासचिव बेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यदलमा गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला रहेको उनले बताए ।


ADVERTISEMENT

# # #


प्रवक्ता खतिवडाले आफ्नै पार्टीको नेतृत्वमा एकताका लागि पहल हुने भन्दै कार्यदलले सबै वामपन्थीहरुसँग छलफल र परामर्श गर्ने बताए । त्यस्तै उनले कसैबाट औपचारिक प्रस्ताव नआएको अवस्थामा सरकारको विषयमा निर्णय गर्न आवश्यक नरहेको जिकिर गनरे । एमालेकै आड भरोसामा सरकारको नेतृत्व प्रचण्डले गरेको र एमालेको अहिलेसम्मको दृष्टिकोण हेर्दा आफ्नो पार्टीको साथ नचाहिएको देखिएको उनले बताए ।

प्रवक्ता खतिवडाले प्रधानमन्त्री प्रचण्डसंग अध्यक्ष माधव नेपालले गरेको भेट नीजि भएको र त्यसको औपचारिक जानकारी नरहेको स्पष्ट पारे ।