काठमाडौँ – नेपाली काँग्रेसका मुख्य सचेतक रमेश लेखकले नेपाली काँग्रेस वर्तमान सत्ता गठबन्धन भत्काउने अभियानमा नलागेको बताएका छन् । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकपछि पत्रकारसँग कुराकानी गर्दै मुख्य सचेतक लेखकले उक्त दाबी गरेका हुन् ।


ADVERTISEMENT


उनले भने, ‘हामी यो समीकरण भत्काउने, नयाँ समीकरण निर्माण गर्ने काममा लागेका छैनौँ ।’ भोलि काँग्रेसको संसदीय दलको बैठक बस्ने र त्यसपछि पुनः २६ गते बिहान संसदीय दलको बैठक बसेर सरकारको विश्वासको मतबारे आवश्यक धारणा बनाउने उनले बताए ।


ADVERTISEMENT

# # #


उनले थपे, ‘संसदीय दलको बैठक गरेर नै हामी विश्वासको मतबारे धारणा सार्वजनिक गर्छौं । अहिलेलाई गठबन्धन भत्काउने, नयाँ बनाउने कुरा छैन ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आज सकारलाई समर्थन गरेका जनता समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अधयक्षद्वय क्रमशः उपेन्द्र यादव र राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।