काठमाडौँ – नेपाली कांग्रेसले वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको स्पष्ट पारेको छ ।


ADVERTISEMENT


शुक्रबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेस शीर्ष नेताहरुको बैठकपछि महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस वर्तमान सरकार गठबन्धन भत्काउने प्रयासमा नरहेको र कसैलाई प्रधानमन्त्री बनाउने अफर नगरेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र नयाँ समिकरण बनाउने भन्ने हल्लामा सत्यता नरहेको भन्दै भ्रममा नपर्न आग्रह गरे । उनले कांग्रेसले अव जिम्मेवार र सालिन ढंगले आवश्यक भूमिका निर्वाह गर्ने स्पष्ट पारे ।

बैठकमा शनिबार बस्ने संसदीय दलको बैठक र केही दिनपछि बस्ने केन्द्रीय कार्यसमितिको बैठकको बिषयमा छलफल भएको उहाले जानकारी दिए । यसअघि भएका कमीकमजोरीलाई सच्चाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेका उनको भनाइ छ ।

उहाले पार्टीभित्र सम्हालेर, एकभएर र आत्मआलोचना गरेर अघि बढ्ने जिकिर गर्नुभयो ।