काठमाडौँ – नेपालको पहिलो फाइनान्स कम्पनी नेपाल फाईनान्स लिमिटेडले आफ्नो ३०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाएको छ ।


ADVERTISEMENT


कम्पनीले शुक्रबार ३० औं बार्षिक उत्सवको अवसर पारेर संस्थाको केन्द्रीय कार्यालयमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल प्रहरी अस्पताल, महाराजगंन्ज, काठमाण्डौ रक्त संचार शाखाको सहयोगमा कम्पनीका कर्मचारी, कम्पनीको केन्द्रीय कार्यालय रहेको भवन म्याक्स इन्टरनेशनलमा कार्यरत कर्मचारीहरु तथा शुभचिन्तकहरुबाट ३७ पोइन्ट रगत संकलन गरेको प्रमुख कार्यकारी अधिकृत उद्धबराज थपलियाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उक्त अवसरमा कम्पनीका संचालक दिप्रश शाक्यले संस्थाको केन्द्रीय कार्यालय तथा उपत्यका स्थित सम्पूर्ण शाखा कार्यालयका कर्मचारीहरुलाई संस्थाको ३० औं बार्षिक उत्सवको अवसरमा हार्दिक बधाई शुभकामना व्यक्त गरे । सोही अवसरमा संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौँ उपत्यकाभन्दा बाहिर रहेका विभिन्न शाखा कार्यालयहरुमार्फत वृद्धाश्रम, विद्यालयहरुलाई विभिन्न किसिमका सहयोग गरेको छ ।

कम्पनीले ३०औं वार्षिकोत्सवकै अवसरमा पौष २२ देखि १ महिनाको लागि संस्थाको मोवाइल बैकिङ्ग सेवा प्रयोग गरी पहिलो पटक टपअप सेवा उपयोग गर्ने ग्राहकलाई १० प्रतिशत नगद छुट/फिर्ता र टपअप सेवा उपयोग गर्ने सम्पूर्ण ग्राहकलाई २ प्रतिशत नगद फिर्ता गर्ने योजना सार्वजनिक गरेको छ ।

यस्तै १ महिनाको अवधिमा सबैभन्दा बढी रकमको टपअप गर्ने १ जना ग्राहकलाई स्मार्ट फोन प्रदान गर्ने र पौष २२ देखि १ महिनाको अवधिमा संस्थाको नयाँ क्युआर स्ट्याण्डी लिने मर्चेन्टलाई क्युआर स्ट्याण्डी दर्ता शुल्कमा छुटका साथै सबैभन्दा बढी क्युआर स्ट्याण्डी दर्ता गराउने पहिलो ५ जना कर्मचारीलाई पुरस्कृत गर्ने योजना समेत कम्पनीले सार्वजनिक गरेको छ ।

संस्थाले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरु समेत गरी जम्मा १२ वटा शाखा कार्यालय र २ वटा एक्सेन्टशन काउण्टर, मोबाइल बैकिङ, कनेक्ट आइपीएस लगायतका माध्यमबाट मार्फत आधुनिक बैंकिङ्ग सेवा पैदान गर्दै आएको छ ।