काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


आइतबार सिंहदरबारमा बसेको रास्वपाको संसदीय दलको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर अघि बढाउने र वर्तमान सरकारलाई विश्वासको मत दिन अन्य दलहरुसंग आग्रह गर्ने निर्णय गरिएको सांसद सन्तोष परियारले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकमा महामन्त्री मुकुल ढकालले सरकारको न्यूनतम साझा कार्यक्रमकाबारेमा जानकारी गराएका थिए भने साझा कार्यक्रममा समावेश रास्वपाका मुद्दाहरुलाई कसरी कार्यान्वयन गराउने भन्ने बारेमा पनि छलफल भएको परियारले जानकारी दिए । त्यस्तै बैठकमा पार्टी सभापति रवि लामिछानेले अन्य दलहरुसंग भएका छलफलका बारेमा पनि जानकारी गराएको परियारले बताए ।

उनले सोमबार पुनः पार्टीको संसदीय दलको बैठक बस्ने र विभिन्न विषयमा थप छलफल हुने जानकारी दिए ।