मुम्बई– सलमान खान र कटरिना कैफ स्टारर चलचित्र ‘टाइगर जिन्दा हे’ ले बक्स अफिसमा धमाकेदार शुरुवात गरेको छ ।


ADVERTISEMENT


निर्देशक अली अब्बास जफरको यो चलचित्र सन् २०१७ मा बक्स अफिसमा पहिलो दिन सबैभन्दा धेरै कमाई गर्ने बलिउड चलचित्र बनेको छ ।
शुक्रबार रिलिज भएको यो चलचित्रले ३३.७५ करोड भारु कमाई गरेको छ । तर, रिजनल र बलिउड चलचित्रको कमाई (मात्र हिन्दी क्षेत्रमा) लाई हेर्ने होभने चलचित्रले ‘बाहुवली : द कन्क्लूजन’को रेकर्ड भने तोड्न सकेन ।


ADVERTISEMENT

# # #


‘बाहुवली’को हिन्दी भर्सनले पहिलो दिन ४०.७ करोड रुपैयाँ कमाई गरेको थियो ।

यसअघि, आजय देवगनको ‘गोलमाल रिटन्र्स’ले पहिलो दिन ३०.१४ करोड भारु कमाई गरेको थियो भने सलमानकै ‘ट्युबलाइट’ले २१.१५ करोड कमाई गरेको थियो ।

शाहरुख खानको ‘रइसले’ भने २०.४२ करोड भारु कमाई गरेको थियो ।