काठमाडौँ  – नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदमा फेरि पनि संसद विघटन गर्नु प्रतिगमन होइन भन्नु खतराको संकेत रहेको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा भाग लिँदै अध्यक्ष नेपालले सत्तारुढ दलका प्रमुख नेताले नै संसद विघटन गर्नु सामान्य रहेको बताउँनु खतरनाक रहेको बताए । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले हिजो र आजको बैठकमा सम्बोधन गर्दै संसद विघटन प्रतिगमन नभएको दाबी गरेका थिए ।


ADVERTISEMENT

# # #


त्यसबारे जवाफ फर्काउँदै अध्यक्ष नेपालले भने, ‘यही रोष्ट्रममा मैँले सुनेँ, संसद विघटन गर्न पाइन्छ भनेर । यो मान्यता यो गठबन्धनको हो ? यदि यो गठबन्धनको मान्यता हो भने त्यो खतरनाक संकेत त्यसले देखाउँदैछ ।’ संसद विघटनबारे एमालेका अध्यक्ष ओलीले भारत, बेलायत र हिजोको नेपालको सन्दर्भ जोड्नु समयसापक्षेन नभएको अध्यक्ष नेपालले बताए ।

उनले प्रश्न गरे, ‘के यो ब्रिटेन हो, भारत हो ? यो पूरानो नेपाल हो ? यो २०५१ सालको गिरिजाप्रसाद कोइरालाको, २०५८ सालको शेरबहादुर देउवाको सरकार हो ?’

अधयक्ष नेपालले प्रधानमन्त्रीलाई आफूखुसी संसद विघटन गर्ने अधिकार यो संविधानले नदिएको बताए । उनले भने, ‘हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभावी प्रतिनिधिसभा विघटन गर्न पाउँदैनन् । त्यो काम गरेर प्रतिगमनको कदम चालिएको थियो । त्यो फेरि नचालियोस् ।’

उनले थपे, ‘मैँले त यो गठबन्धनले शिक्षा लिएको होला, महसुस गरेको होला, आत्मालोचना पनि गरिसकेको होला भनेको त यहाँ गर्जेको देख्दा अच्चम्म पो लाग्यो । म त हिजै जवाफ दिने पक्षमा थिएँ, अहिल्यै किन जवाफ दिने भनेर, अहिले त गठबन्धनको विषय टुंगियो होला, समीक्षा र सुधार भएको होला भनेको त । तर, त्यस्तो गोलचक्करमा नफस्नुहोला ।’

संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले आवश्यक व्यानख्या गरिसहेको बताउँदै उनले अब जथाभावी कसैले बोल्न नपाउने बताए ।