काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले राष्ट्र, व्यवस्था र संविधानलाई बचाउनका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै यसअघिको पाँच दलिय गठबन्धन संविधानको रक्षाका लागि भएको र अब पनि संविधानलाई बचाउनका लािग प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले हाइज्याक भएको गठबन्धन करेक्सन गर्ने उद्देश्यले कांग्रेसले विश्वासको मत दिएको र विस्तारै सबै ठीक ठाउँमा आउने अपेक्षा रहेको बताए । उनले भने, ‘संविधान र व्यवस्था बचाउनका लागि पाँच दलको गठबन्धन भएको थियो । तर, त्यो गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्सन गर्नेउद्देश्यले अहिले हामीले मतदान गरेर संविधान बचाउने, मुलुकको संकटलाई टार्ने प्रयास गरेका छौँ ।’

उनले अहिले पदका लागि नभएर व्यवस्थाका लागि नै कांग्रेसले सही निर्णय गरेको बताए । मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभामा काँग्रेससहित १६८ सांसदबाट विश्वासको मत पाएका थिए ।