काठमाडौँ – काठमाडौँमा सम्पन्न नेपाल टी–२० लिगको पहिलो संस्करणको उपाधी लुम्बिनी अल स्टार्सले जितेको छ । बुधबार भएको फाइनलमा विराटनगरलाई २४ रनले हराउँदै लुम्बिनीे उपाधी कब्जा गरेको हो ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १३३ रन बनायो । १३४ रनको सामान्य लक्ष्य पच्छ्याउँदै मैदान उत्रिएको विराटनगरले निर्वाधारित २० ओभरमा ८ विकेट गुमाउँदै १०० रन मात्रै बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


विराटनगरका लागि अर्जुन साउँदले सर्वाधिक ३४ रन बनाए । त्यसक्रममा उनले ४० बलमा १ चौका र २ छक्का प्रहार गरे । यस्तै पृथु बाँस्कोटाले २९ बलमा २ चौका र १ छक्काको मदतमा ३१ रन जोडे । हुसैन तलतले १३ रन बनाउँदा अन्यले दोहोरो अंक छुन सकेनन् ।

विराटनगरलाई संस्तैमा समेट्नेक्रममा लुम्बिनीका सागर ढकाल र हरमीत सिंहले समान २–२ विकेट लिए । यस्तै किशोर महतो र विपुल शर्माका नाममा १–१ विकेट रह्यो ।

यसअद्दि ब्याटिङतर्फ लुम्बिनीका लाहिरु मिलान्थाले सर्वाधिक ४१ रन बनाए । उनले २८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै हरमीत सिंहले १८ बलमा ३ चौका र २ छक्काको मदतमा ३० रन प्रहार गरे । कप्तान दीपेन्द्र सिंह ऐरीले २० र इशान पाण्डेले १८ रनको योगदान दिए ।

विराटनगरका राज नन्नन र नन्दन यादवले समान २–२ विकेट हात पारे भने हुसैन तलात, कियोन जोसेप, सूर्य तामाङ र कप्तान रोहित पौडेलले समान १–१ विकेट लिए ।