काठमाडौं– सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले शुक्रवार कालिकोटको सदरमुकाम मान्ममा प्रहरीद्वारा गोली प्रहार गरी म्यादी प्रहरी विवेक ऐरीको मृत्यु भएको घटनाको भत्र्सना गरेको छ ।


ADVERTISEMENT


मोर्चाका अध्यक्ष गजुरेलल आइतबार विज्ञप्ति जारीगर्दै घटनामा सरकारी दमन र हत्याको घोर विरोध एवम् भत्र्सना गरिएको उल्लेख छ । त्यस्तै मोर्चाले मृतकका परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न जोडदार माग पनि गरेको छ ।


ADVERTISEMENT

# # #


पीडित परिवारप्रति समवेदना प्रकट गर्दै मोर्चाले हत्या र दमनमा संलग्न पक्षलाई कडा कारबाही गर्न माग गरेको छ । उसले सरकारी दमनको विरोधमा स्थानीय जनताले देखाएको समर्थनलाई समर्थन र सह्राना गरेको छ ।