काठमाडौँ – रेशम चौधरीले वारेसमार्फत निर्वाचित भएको प्रमाणपत्र लिन नपाउने भएका छन् । सर्वोच्च अदालतको अदालत प्रशासनले चौधरीको यो बाटो बन्द गरिदिएको हो ।


ADVERTISEMENT


टिकापुर घटनाका मुख्य अभियुक्त रहेका रेशम चौधरीले राजपा नेपालबाट चुनाव लड्दै कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित भएका थिए । फरार अवस्थामा रहेका चौधरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै सर्वोच्चमा रिट दर्ता गएका थिए ।


ADVERTISEMENT

# # #


सर्वोच्च प्रशासनले उनको रिट दरपीठ गरिदिएको थियो । यता, सर्वोच्च अदालतको अदालत प्रशासनले पनि वारेसमार्फत प्रमाणपत्र पाउँ भनी दिएको रिट दरपीठ गरेको निर्णयलाई सदर गर्ने आदेश सुनाएपछि उनले वारेस मार्फत प्रमाणपत्र लिन नपाउने भएका हुन् ।

उनको रिट दरपीठ गरेपछि परेको निवेदनमा न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले रजिष्टारको आदेश कानुन बमोजिम भएको फैसला सुनाएको छ ।

अभियोग लागेका व्यक्तिले कानुन बमोजिम सफाई लिनुपर्ने बताउँदै प्रशासनले फरार रहेका चौधरीले यस्तो गरेको नपाएको र अदालती प्रक्रियालाई अवज्ञा गरेको पनि उल्लेख गरेको छ ।