काठमाडौं–विश्व बैँकले नेपालको कृषि तथा खाद्य क्षेत्रमा अनुदान दिने भएको छ । यो अनुदान अन्तर्गत नेपालको ७ जिल्लामा कृषिबाली ,पशुपालन र पोषणको क्षेत्रमा काम गरिने कृषि तथा खाद्य सुरक्षा आयोजनाका चुणामणि भट्टराईले जानकारी दिए ।


ADVERTISEMENT


विश्व बैँकले कृषि खाद्य तथा पोषण असुरक्षित देशहरुको लागि विश्वव्यापी रुपमा अनुदानको प्रतिस्पर्धा खुल्ला गरिएको थियो । यस अन्तर्गत दोश्रोपटक पनि नेपालले आयोजना पाउन सफल भएको हो । अनुदानको प्रतिस्पर्धामा विश्वका पचासभन्दा धेरै देशले भाग लिएका थिए । यो प्रतिस्पर्धामा नेपालबाट कृषि, पशुपालन र पोषणको क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गरेका कारण अनुदान पाउन नेपाल सफल भएको हो ।


ADVERTISEMENT

# # #


यही अभियान अन्तर्गत दोश्रो चरणको आयोजनामा भने भूकम्पपीडित तथा तराईका जिल्लाहरुमा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । जसअन्तर्गत भूकम्प प्रभावित गोरखा, धादिङ, दोलखा,सिन्धुपाल्चोक, सप्तरी, महोत्तरी र धनुषा जिल्लामा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

पाँच वर्ष अवधि रहने दोश्रो आयोजना आउने साउनबाट सुरु हुनेछ । यसका लागि विश्व बैँकले सुपरिवेक्षणको काम सम्पन्न गरिसकेको छ । यो आयोजना अन्तर्गत पर्ने कृषि तथा खाद्य सुरक्षा आयोजना बहुदाताहरुको सहयोगमा ग्लोवल एग्रिकल्चर एण्ड फूड सेक्यूरिटी कार्यक्रमको अनुदान सहयोगमा सञ्चालन हुँदै आइरहेको छ ।

सन् २०१३ देखि सन् २०१८ मा सम्पन्न हुने पहिलो पाँच वर्षे आयोजनामा नेपालले प्रतिस्पर्धाबाटनै ४६।५ मिलियन डलर प्राप्त गरेको थियो । पहिलो आयोजनाअन्तर्गत मध्य र सुदूरपश्चिम क्षेत्रको पहाडी तथा उच्च पहाडी १९ जिल्लाको १० गाविसमा कार्यक्रम संचालन भइरहेको छ ।