काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका आवासीय राजदूत छन सङले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।


ADVERTISEMENT


शीतल निवासस्थित राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । उक्त अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू समेतको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


नेपालका लागि चिनियाँ २२औँ राजदूतका रुपमा छन सङ पुस २४ गते नेपाल आइपुगेका थिए ।