काठमाडौँ– पोखराको सेती खोंचमा दुर्घटना भएको विमान कुल ७२ जना सवार रहेको खुलेको छ । यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्ताैलाका अनुसार, विमानमा सवार कुल ७२ मध्ये चार जना चालक टोली र ६८ यात्रु सवार थिए ।


ADVERTISEMENT


उनका अनुसार, जहाजमा २ जना शिशु तथा ३ बालक समेत सवार थिए । यस्तै, सवार बालकहरु समेत गरी ५३ जना जना नेपाली मुलका थिए भने ६ देशका १३ विदेशी थिए । जसमा रसियाका ४ जना, फ्रान्सेली १ जना, अर्जेन्टिनाका १, अस्ट्रेलियाका १, आयरल्याण्डका १ र भारतीय ५ जना रहेका थिए ।


ADVERTISEMENT

# # #


यस्तै, चालक टोलीमा भने विमानमा सिनियर क्याप्टेन कमल केसी, क्याप्टेन अन्जु खतिवडा तथा क्याबिन क्रिउ ओशिन आले मगर तथा सिर्जना होङचेङ रहेका थिए ।