काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको यति एयरलाइन्सको विमानले मापदण्ड पूरा गरेरै उडान भरेको जनाएको छ ।


ADVERTISEMENT


आइतबार बिमानस्थलमा पत्रकार सम्मेलन गदैै विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले काठमाडौं र पोखराको मौसम पनि सफा रहेको र मापदण्ड पूरा गरेरै उडान भरेको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


पोखरा एयरपोर्ट मापदण्ड पूरा गरेर बिहानदेखि खुला रहेको र दुर्घटना हुनु अघि अन्य विमानले पनि उडान भएको उनले जनाए । पोखरा एयरपोर्ट नजिकै भएको दुर्घटनामाग्रस्त बिमानमा पाँच भारतीयसहित १५ विदेशी नागरिक र ५३ नेपाली यात्रुका साथै चार चालक दलका सदस्य रहेको ठाकुरको भनाई छ । महाप्रबन्धक ठाकुरले दुर्घटना अघि पाइलटहरुले विमानमा समस्या देखिएको बारे कुनै जानकारी नगराएको पनि बताए ।

विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमै ल्यान्डिङ गर्ने तयारीमा रहेको बेलामा दुर्घटनामा परेको ठाकुरले जानकारी दिनुभयो । शवको प्रकृति हेरेर शवको पोस्टमार्टम काठमाडौंमा गर्ने कि पोखरमा भन्ने निर्णय लिने उहाको भनाइ छ । काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेतीको खोंचमा दुर्घटनामा परेको थियो ।

जहाजमा दुई चिकित्सक र एक पत्रकार समेत सवार रहेको खुलासा

दुर्घटना भएको जहाजमा दुई चिकित्सक र एक पत्रकार समेत सवार रहेको खुलेको छ । उक्त विमानमा डा. शोना दिवाकर, डा. सुशिल श्रेष्ठ र  पत्रकार त्रिभुवन पौडेल पनि पनि सवार रहेको बुझिएको हो । यद्यपि हालसम्म उनीहरुको अवस्थाबारे जानकारी आउन सकेको छैन ।