काठमाडौँ – सातौं संस्करणको एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि हेल्प नेपालले जितेको छ ।


ADVERTISEMENT


त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै हेल्प नेपाल च्याम्पियन बनेको हो । हेल्प नेपालले आर्मीलाई २५–२१,२६–२४ र २५–२३ ले हराएर च्याम्पियन बनेको हो । उपाधिसँगै हेल्प नेपालले ४ लाख नगद प्राप्त गरेको छ । उपविजेता आर्मीले २ लाखमा चित्त बुझाएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै महिलातर्फको उपाधि नेपाल पुलिसले जितेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आइतबार नै भएको फाइनलमा न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराएर पुलिस च्याम्पियन भएको हो । पहिलो सेट २५–२२ ले गुमाएको पुलिसले दोस्रो सेट २५–१७ ले जितेको थियो । डायमण्डले तेस्रो सेट २७–२५ ले जितेकोमा चौथो सेट पुलिसले २५–१९ ले जितेको थियो । निर्णायक तथा पाँचौं सेटमा पुलिसले १५–११ को जित निकाल्न सफल भयो ।

महिलातर्फको फाइनलमा बिजेता बनेको पुलिसले चार लाख नगद पुरस्कार पाएको छ । उपबिजेतामा सिमित डायमण्डले भने २ लाख पाएको छ । तेस्रो भएको एपीएफले १ लाख रुपैया हात पारेको छ । च्याम्पियनसिपमा पुरुषतर्फ १४ र महिलातर्फ ८ टोलीको सहभागिता रहेको थियो ।