गण्डकी– आइतबार भएको यती एयरलायन्सको विमान दुर्घटनामा निधन भई पहिचान भएका व्यक्तिको शव पोष्टमार्टम सुरु हुन सकेको छैन ।


ADVERTISEMENT


पहिचान भएमध्ये पोखरा र आसपासका व्यक्तिको शव यहीँ आफन्तलाई बुझाउने गरी यहीँ नै पोष्टमार्टम गरिने र काठमाडौँ लगिने शव काठमाडौँमा नै पोष्टमार्टम गर्नेगरी तयारी गरिएको जानकारी दिइएको छ ।


ADVERTISEMENT

# # #


हवाई दुर्घटनामा परी निधन भएकाको शव पोष्टमार्टम सम्बन्धमा प्रक्रियागतरुपमा टोली गठन गर्ने व्यवस्थाअनुसार सम्बन्धित निकायमा पत्राचार गरिसकिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिकुमार शाहीले जानकारी दिए ।

पोष्टमार्टमका लागि अन्य आन्तरिक तयारी भइसकेको बताउँदै उनले प्रक्रियागतरुपमा केही समय अझै लाग्ने जानकारी दिए ।