पोखरा – आइतबार अकल्पनीय दुर्घटनामा परेको यति एयरलायन्सको जहाजमा सवार यात्रुमध्ये ३८ जनाको शव पहिचान खुलेको छ ।


ADVERTISEMENT


दुर्घटनापश्चात उद्दार टोलीले ६७ जनाको शव लगिएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेको थियो । जसमध्ये ती मध्ये हालसम्म ३६ जनाको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता ज्ञानबहादुर खड्काले जानकारी दिए । जस अनुसार १६ महिला र २२ पुरुषको शव पहिचान भएको हो ।


ADVERTISEMENT

# # #


पहिचान खुलेका शव जिम्मा लगाउनका लागि आफन्तलाई बोलाइएको उनले जानकारी दिए । पहिचान हुन बाँकी रहेका शवको परीक्षणका लागि काठमाडौँ लयाउने तयारी भएको छ ।

आइतबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भन्दा करिब डेढ किलोमिटर पर दुर्घटनामा परेको थियो । ६८ यात्रु र ४ जना क्याबिन क्रुसहित ७२ जनाको मृत्यु भएको थियो । जसमध्ये ६८ जनाको शव भेटिएको छ भने ४ जना अझै बेपत्ता रहेका छन् ।