काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई विश्वासको मत दिएका दलहरुसँग छलफल गर्ने भएका छन् । सोमबार बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीसँग छलफलपछि छलफलपछि सञ्चारकर्मीहरुसँग बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिने दलसँग छलफल गर्ने बताएका हुन् ।


ADVERTISEMENT


सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नजिकिँदैगर्दा प्रधानमन्त्री प्रचण्डले दलहरुसँग छलफल गर्न चाहेका हुन् । उनले भने, “विश्वासको मत दिने सबै पार्टीका नेताहरुसँग छलफल भइरहेको छ, कांग्रेससँग पनि छलफल हुन्छ, भोलि मङ्गलबार पनि छलफल हुन्छ ।”


ADVERTISEMENT

# # #


गत पुस १० गते संविधानको धारा ७६ (२) अनुसार ७ दल र ३ स्वतन्त्रसहित १६९ सांसदको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका थिए ।

उनलाई सत्तारुढसहित प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादीले समेत विश्वासको मत लिएका थिए । कूल २७७ सदस्य रहेको प्रतिनिधिसभामा उक्त दिन उपस्थित २७० मध्ये २६८ जनाले प्रचण्डलाई मत दिएका थिए । राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले मात्रै प्रचण्डको विपक्षमा मत दिएका थिए ।

प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत उनलाई विश्वासको मत दिएपछि प्रमुख सत्तारुढ दल नेकपा एमाले सशंकित छ । उसले राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले काँँग्रेसलाई समर्थन गर्ने त होइन भन्ने शंका व्यक्त गरेको छ । जसलाई प्रधानमन्त्री प्रचण्डले नै बल पुर्याइरहेका छन् । विश्वासको मत लिनुअघि काँग्रस सभापति निवास धुम्वाराही पुगेका थिए ।