काठमाडौं-इसाई धर्मावलम्वीको मुख्य पर्व क्रिसमस विश्वभर आज मनाईदैछ ।


ADVERTISEMENT


जिशश क्राइस्टको जन्मदिनको अवसरमा उपहार तथा शुभकामना आदानप्रदान गरी क्रिसमस मनाउने गरिन्छ । क्राइस्टले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।


ADVERTISEMENT

# # #


जिसस क्राईस्ट जन्मिएको मानिने बेथ्लेहामस्थित नेभिटि चर्चमा क्रिसमसको पूर्वसन्ध्यामा विश्वभरका धर्मावलम्वी भेला भएर प्रार्थना गरेको बीबीसीले उल्लेख गरेको छ ।

नेपालमा पनि पछिल्लो समय क्रिसमस मनाउने प्रचलन बढ्दै गएको छ । नेपालमा चार सय वर्ष अघिदेखि क्रिसमस मनाउन थालिएको राष्ट्रिय ख्रिस्टियन महासङ्घले जनाएको छ ।

क्रिसमसको अवसरमा काठमाडौंको ठमेल, बौद्ध, ललितपुर, भक्तपुर, पोखरा लगायत स्थलमा विशेष महोत्सव हुने गरेको छ ।

इसाई धर्मावलम्वीले मात्र नभई अन्य धर्म मान्ने नेपालीले समेत यो पर्वमा शुभकामना तथा उपहार आदानप्रदान गरी मनाउन थालेका छन् ।