काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीले थप दुई मन्त्रालयको जिम्मा पाएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा भागवण्डा टुंगो लगाउने क्रममा रास्वपालाई थप दुई जिम्मेवारी सुम्पिने निर्णय गरेको हो । जसमा रास्वपाको भागमा श्रम मन्त्रालय र शिक्षा मन्त्रालयको थप जिम्मेवारी थपिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै, मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले पार्टीका तर्फबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री बनाउने निर्णय सुनाएका छन् भने डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त भएकी छन् ।