काठमाडौं:पोखरा–लेखनाथ महानगरपालिका–१९, पुरुञ्चौरस्थित पात्लेखेतको सडकमा हिजो दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।


ADVERTISEMENT


पात्लेखेतबाट पोखरातर्फ आउँदै गरेको ग ७ प ७९७५ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ९००५ नंको टिपरले ठक्कर दिँदा मोटरसाइकलको पछाडि बस्ने पुरुञ्चौर–१९ का १३ वर्षीय सविन बास्तोलाको मुत्यु भएको छ।


ADVERTISEMENT

# # #


ठक्करबाट गम्भीर घाइते भएका बास्तोलाको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बास्तोला भारती भवन उच्च माविमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।