काठमाडौं-कालिकोटमा शनिवारदेखि लगाइएको कर्फ्यु आज बिहानदेखि हटाइएको छ । म्यादी प्रहरी विवेक ऐरीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु आइतबार बिहान दुई घण्टाका लागि हटाइएको थियो ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालय कालिकोटको पहलमा बसेको सर्वदलीय बैठक पछि जिल्ला प्रशासन कार्यालय कालिकोटको डेढ सय मिटर आसपास क्षेत्रमा सोमबार बिहान ७ बजेबाट कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए ।


ADVERTISEMENT

# # #


आन्दोलनरत पक्षलाई वार्ताका लागि अनुरोध गरिएको छ । तर, आन्दोलरत पक्ष वार्तामा बस्न तयार नदेखिएपछि अवस्थामा सुधार आउन सकेको छैन । घटनाको सत्यतथ्य बुभm्न सरकारले पठाएको अनुगमन टोली खराब मौसमका कारण सुर्खेतबाट कालिकोट जान सकेको छैन् ।

टोली नेपाली सेनाको हेलिकप्टरबाट कालिकोट जाने तयारी गरीरहेको र मौसम खुलेपछि कोलिकोट जाने प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।