काठमाडौं-राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेशबारे दलीय परामर्श तीब्र पारेकी राष्ट्रपति विद्यादेवी भण्डारीले आज राष्ट्रिय जनता पार्टी राजपाका नेताहरुसंग छलफल गर्ने क्रममा रहेकी छिन् ।


ADVERTISEMENT


हिजो संघीय समाजवादी फोरमसंग छलफल गरेकी राष्ट्रपति भण्डारीले आज राजपा नेताहरुसंग परामर्श गर्न लागेकी हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय समाजवादी फोरमका शीर्ष नेताहरुसंग हिजो परामर्श गरेकी थिइन् ।


ADVERTISEMENT

# # #


सरकारले ल्याएको अध्यादेशमा दलीय सहमतिपछि मात्रै प्रमाणिकरण गर्ने अडान लिएकी राष्ट्रपति भण्डारीले यसअघि बाम गठवन्धनका नेताद्वय एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग संयुक्त र कंग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवासँग छुट्टै छलफल गरिसकेकी छन् ।

दलीय सहमति विना अध्यादेश प्रमाणिकरण नगर्ने राष्ट्रपतिको अडानका कारण राजनीतिक गतिरोध भने लम्विदै गएको छ ।