काठमाडौँ– नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी छन् ।


ADVERTISEMENT


बिहीबार रिपोटर्स क्लब नेपालले काठमाडौंमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री साहले आफु स्वयं किसानको छोरी भर्एको र आम किसानका मर्म र पीडा थाहा भएको भन्दै किसानका पीडामा मलम लगाउने गरी काम गर्ने प्रतिबद्धता जनाएकी हुन् । कागजी प्रक्रियाका कारण किसानले बीमा रकम भुक्तानी पाउन ढिलाइ भएको औंल्याउँदै उहाले अब अनलाइन भुक्तानी हुने गरी पहिलो निर्णय गराएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनले साहले माघ १ लाई राष्ट्रिय जैविक विविधता कृषि दिवस मनाउने र कृषि उत्पादनमा विशेष जोड दिएर लगानी दशक घोषणा गर्नका लागि अर्थमन्त्रालयमा पठाउने निर्णय भएको बताइन् । कृषि क्षेत्रमा कम खर्चमा बढी उब्जनी हुने गरी काम पनि गर्नुपर्ने कृषिमन्त्री साहको भनाई छ ।