काठमाडौं:नेपाल-भारत सीमा क्षेत्रनजिक एक नेपाली युवा मृत अवस्थामा फेला परेका छन् ।


ADVERTISEMENT


सीमा क्षेत्र जमुनाह नाकादेखि करिव डेढ किलोमिटर टाढा भारतको रुपैडिहास्थित पेट्रोलपम्प नजिकै बेवारिसे अवस्थामा युवाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय बा‍केका प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेपाली नागरिक भएको भन्दै भारतीय प्रहरीले नेपाल प्रहरीलाई खबर गरेको उनले बताए । भारतीय प्रहरीका अनुसार मृतकको पूर्णमान श्रेष्ठ नाम लखेको बसको टिकट भेटिएको छ । टिकटमा बुटवलदेखि नेपालगन्जसम्म आएको उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक विष्टले भारतीय प्रहरीले घटनाको जानकारी गराए लगत्तै टिकटको आधारमा मृतकको आफन्तको खोजी सुरु गरिएको जानकारी दिए ।

घटनास्थलको अवस्था र शरीरमा कुनै चोटपटक नलागेको देखिएकाले युवाको मृत्यु अत्याधिक मादक पदार्थ सेवन गरेका कारण चिसोमा कठयांग्रिएर भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

युवकको शव पोष्टमार्टमको लागि भारतीय जिल्ला अस्पताल बहराईच पठाइएको छ ।