काठमाडौँ – नेपाली सेनाको आयोजनामा फोटो तथा युनिट विशेष प्रदर्शनी शुक्रबारबाट सुरु भएको छ ।


ADVERTISEMENT


सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आयोजित चार दिने फोटो तथा युनिट विशेष प्रदर्शनीको प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे । प्रदर्शनीमा नेपाली सेनाको गैरवमय इतिहास, जिम्मेवारी, हातहतियार, उपकारण, पोसाकलगायत विभिन्न विधा समेटिएको छ । सेनाको इतिहासदेखि वर्तमानसम्म एउटै थलोबाट सबैलाई जानकारी होस् भन्ने हेतुले प्रदर्शनी आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै निर्देशनालयद्वारा २६०औँ सेना दिवसका अवसरमा आयोजना गरिएको फोटो प्रतियोगितामा गैरसैनिकतर्फ संजोग बुढाथोकी प्रथम भएका छन् । उनलाई रु ५० हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा वर्षा शाह दोस्रो र राजकरण महतो तेस्रो भए । उनीहरुले क्रमशः जनही रु ३५ हजार र २५ हजार प्राप्त गरे । प्रतियोगितामा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले रु १० राशिसहित सान्त्वना पुरस्कार प्राप्त गरे ।

उक्त प्रतियोगितामा पुरस्कारका लागि १६ वटा तस्बिर छनोट भएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।