नवलपुर – नवलपुरको मध्यविन्दु नगरपालिका–२ को नारायणी नदी किनारमा दुई गैँडा मृत अवस्थामा फेला परेको छ ।


ADVERTISEMENT


चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान मृत अवस्थामा भेटिएका दुई गैँडामध्ये एउटाको खाग पनि निकालिएको छ । निकुञ्जकका प्राविधिक र चिकित्सकको टोली घटनास्थलतर्फ गएको तिवारीले बताए ।


ADVERTISEMENT

# # #


स्थानीयवासीका अनुसार चोरी शिकारीमा परेको हुन सक्ने आशङ्का छ । अहिले गैँडा मृत भेटिएको स्थानमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ । खाग पनि निकालिसकेको हुँदा चोरी शिकारीमा परेको हुन सक्ने अनुमान गरिएको छ ।