काठमाडौँ – नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको नेपाली काँग्रेसलाई संघीय संसद सचिवालयले प्रमुख प्रतिपक्षी दलको मान्यता दिएको हो ।


ADVERTISEMENT


नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुस २९ गते प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेताको हैसियतले पाउनुपर्ने सेवा सुविधाको माग गर्दै सचिवालयलाई पत्र लेखेका थिए । सोबारे अध्ययन गर्दै सचिवालयले माघ ४ गते काँग्रेस सभापति देउवालाई प्रमुख प्रतिपक्षी दल नेताको मान्यता दिँदै सेवा सुविधा दिने निर्णय गरेको पत्र सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


सार्वजनिक पत्रमा सचिवालय भनेको छ, ‘प्रस्तुत विषयमा तहाँ दलको कार्यालयको पत्र संख्या २०७९।०८० च.नं. ४५ मिति २०७९।०९।२९ को पत्रबाट प्रतिनिधि सभामा विपक्षी दलको नेता माननीय श्री शेर बहादुर देउवाज्यूले प्रमुख विपक्षी दलको नेताको हैसियतले प्राप्त गर्ने सुविधा माग भई आएको सन्दर्भमा सो सुविधा संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को सम्बन्धित दफाहरू र अनुसूची-१ तथा अनुसूची-२ बमोजिम हुने व्यहोरा निर्देशानुसार अनुरोध छ।’

यससँगै काँग्रेस सभापति देउवा संवैधानिक नियकायका लागि हुने विभिन्न किसिमका नियुक्त गर्ने ६ सदस्यीय संवैधानिक परिषद्को बैठकमा भाग लिन पाउनेछन् ।

सरकारलाई समर्थन गर्ने दल प्रतिपक्षी हुन नसक्ने भएकाले संसदको सबैभन्दा ठूलो दल काँग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत समेत गुमाएको भन्दै चर्चा सुरु भएको थियो । सोही अनुसार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफूलाई प्रमुख प्रतिपक्षी दलको नेताको मान्यतासहित सेवासुविधा दिनुपर्ने माग राखेका थिए ।

तर, काँग्रेस नेताहरुले सरकारलाई विशेष परिस्थिति अनुसार समर्थन गरेपनि प्रमुख प्रतिपक्षी नै भएको दाबी गर्दै आएका थिए ।