काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सीमा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


२२ औं सशस्त्र प्रहरी दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको सीमा सुरक्षार्थ उत्तर–दक्षिण, पूर्व–पश्चिम सबैतिर परिचालन गर्न, त्यसका लागि आवश्यक साधनस्रोत, सीप तालिम र प्रोत्साहनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


सशस्त्र प्रहरीले राजस्व संकलनमा पुराएको सहयोगदेखि आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कामको प्रधानमन्त्री प्रचण्डले प्रसंसा गरे । उनले सशस्त्र प्रहरीलाई हातहतियार, गोलीगठ्ठा, आवास लगाएतका सामाग्री लगाएत जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुने जानकारी दिए । उनले अनुशासित, व्यवसायिक एवं कर्तव्यनिष्ठ हुँदै सबै निकायहरूसँग सहकार्य र समन्वय गरी कार्यक्षेत्रमा परिचालित हुन निर्देशन दिए ।

प्रधानमन्त्री प्रचण्डले सरकारको सुशासन र समृद्धिको दिर्घकालिन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे । कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा विशिष्ठ योगदान पुराएको भन्दै ज्ञानेन्द्रराज राइलाई ‘लाइफ टाइम एचिभमेन्ट’ बाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरीले निभिन्न कलाकौशल प्रस्तुत गरेको थियो ।