काठमाडौँ– त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का आन्दोलन विद्यार्थी र प्रहरीबीच झडप भएको छ । सोमबार बिहान विद्यार्थीले आईओएमको डीन कार्यालयमा लगाएको ताला प्रहरीले खोलेपछि तनाव सिर्जना भएको हो ।


ADVERTISEMENT


प्रशासनले प्रहरी लगाएर ताला खोलेपछि विद्यार्थीले प्रहरी विरुद्ध नाराबाजी गरेका थिए । प्रहरीले विद्यार्थीमाथि सामान्य लाठी प्रहार गरेको छ भने केही विद्यार्थीलाई नियन्त्रणमा पनि लिएको छ ।


ADVERTISEMENT

# # #


चिकित्सा शिक्षा संघर्ष अभियान र होस्टल सुधार समूहले आईओएमको विकृतिविरूद्ध आन्दोलन गर्दै आएका छन् । प्रशासनले होस्टेलमैआएर विद्यार्थीलाई प्रशासनले धम्क्याउने गरेको र थेक्नै नसक्ने गरी विद्यार्थी राखेको विद्यार्थीको आरोप छ । तसर्थ होस्टेललाई व्यवस्थित गरी विकृति सुधार गर्नुपर्ने उनीहरुको माग छ ।

विद्यार्थीले गरेका मागहरु ।