काठमाडौँ – मंगलबार काठमाडौँको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि इलामका प्रेम आचार्यले आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरे । ३६ वर्षीय उनले आत्मदाहको प्रयास गर्नुअघि सामाजिक सञ्जालमा आफूले उक्त निर्णय लिनुको कारण खुलाएका छन् ।


ADVERTISEMENT


फेसबुकमा प्रेमले आफूले गरेको कुनै कामबाट पनि उपलब्धी हासिल गर्न नसकेको, चौरैतिरबाट ठगिएको भन्दै असफलताको कथा लेखेको बताएका छन् । उनले विद्यार्थीकालमै बुवा बितेको, सोही समयमा विवाह भएको र केही गर्ने उद्देश्य बोकेर काठमाडौँ आएको, सुरुमा ठमेलमा ट्राभल एजेन्सीमा काम गरेको र पछि आफैले ट्राभल एजेन्सी खोलेको बताएका छन् ।


ADVERTISEMENT

# # #


सुरुमा राम्रै भए पनि पछि ट्राभल एजेन्सीबाट घाटा भएको, विदेशी पर्यटक र काठमाडौँका केही कलेजले भुक्तानी नदिएको, कर्जामा गाडी लिएको र बाँकी रहेको डाउन पेमेन्ट तिर्न नसक्दा सुजुकीले गाडी फिर्ता लिएको बताएका छन् । उनले भनेका छन्, ‘डाउन पेमेन्ट मध्ये ४ लाख जम्मा गरियो २ लाख शोरुमले भनेको समयमा दिन सकिएन, २ महिना समय मागेँ, दिएन अनि गाडी फिर्ता लग्यो। सुजसकी स्वरुम थापाथलीले मेरो ४ लाख खायो, फिर्ता दिएन । यहाँ नहुनेलाइ र केही गर्न खोज्नेलाइ नै लुट्दा रहेछन् । हुँदा हुँदा ट्राभल्सबाट यति घाटा हुन थल्यो कि थाम्नै सकिएन।’

घाटा भएपछि विदेश जाने निर्णय गरेको र त्यसका लागि इलामको पैतृक सम्पत्ति बेचेका काठमाडौँमा जोडेको घर, सम्पत्ति सबै बेचेर सकिएको बताएका छन् । विदेशमा पैसा कमाएर ऋण तिरेपछि नेपाल फकिएर एग्रो उद्योग खोले पनि ६० लाख ऋणमा डुबेको, डिप्रेसनमा पुगेको र सबै उपाय सकिएपछि आत्मदाह गर्ने निर्णयमा पुगेको बताएका छन् ।