काठमाडौँ – नेकपा (माओवादी केन्द्र) स्थायी कमिटीको बैठकमा पार्टी एकता, सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल भएको छ ।


ADVERTISEMENT


बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समसामयिक विषयमा संक्षिप्त लिखित प्रतिवेदन प्रस्तुत गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।


ADVERTISEMENT

# # #


सोही अवसरमा अध्यक्ष दाहालले सरकार बन्नुभन्दा पहिला सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, निर्वाचनपछिको समग्र पार्टीको अवस्था, सरकार निर्माणका क्रममा भएको गठबन्धन निर्माण, सरकारको गतिविधिलगायतका विषयमा ब्रिफिङ गरेका थिए ।

त्यसैगरी बैठकमा पार्टीका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यलाभको कामना गर्दै पोखरामा भएको यती एयरलाइन्सको हवाई दुर्घटनामा परी मृत्यु हुनेका परिवारलाई राहतको व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।

आजदेखि सुरु भएको सो बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्ने छ । शुक्रबारको बैठकमा राष्ट्रपतिको निर्वाचनको सम्बन्धमा पनि छलफल हुनसक्ने उपाध्यक्ष महराले जानकारी दिए ।