काठमाडौँ – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाडामा सोमबार बसेको पदाधिकारी बैठकमा राजनीतिक अवस्थाका साथै पार्टी सुदृढिकरण, कार्यविभाजन लगाएतका विषयमा गृहकार्य भएको र नटुङ्गिएकाले बुधबार मात्रै स्थायी कमिटी बस्ने प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसअघि माओवादी स्थायी कमिटी मंगलबार बस्ने तय भएको थियो । प्रवक्ता महराले मंगलबार पदाधिकारी बैठकमा थप गृहकार्य गर्ने र १८ गते स्थायी समिति बैठक बस्ने निर्णय भएको बताए । उनले गृह मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने बारेमा बैठकमा छलफल नभएको जानकारी दिए । मन्त्रालयको बिषय प्रधानमन्त्रीले टुङ्गो लगााउने भएकाले पार्टीले हस्तक्षेप नगर्ने उनको भनाई छ ।

त्यसअघि बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री कसलाई बनाउने भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री बनेपछि थाहा हुने बताएका थिए ।